सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–८ | श्रावण २०८२ , युनिक पौड्याल
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ मा राष्ट्रिय परिचयपत्र (National ID Card) वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हालसम्म ३५६ जना नागरिकहरूलाई परिचयपत्र वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
उक्त कार्यक्रममा जनशक्ति अभाव देखिएपछि वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ स्वयं स्थलमा खटिएर नागरिकहरूको सेवा प्रक्रियामा प्रत्यक्ष संलग्न भए।
कार्यक्रममा फुर्पा छिरिङ तामाङ, जो बलेफी गाउँपालिकाका पञ्जिकाधिकारी हुन्, टोल–टोलमा पुगेर परिचयपत्र वितरण गर्ने कार्यमा खटिए। उनले भने, "हामी वडा स्तर र टोल स्तरमै गई सेवा दिएपछि नागरिकहरूको उत्साह थपिएको छ। नागरिकहरू खुशी भए, हामी पनि खुशी भयौं।"
परिचयपत्र वितरण कार्य वडा कार्यालय, गाउँपालिकाको सहकार्य, स्वयंसेवकहरूको समन्वय र स्थानीय जनताको सक्रिय सहभागितामा संचालन गरिएको हो। वितरणको क्रममा स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष र पालिकाका कर्मचारीहरूको सक्रियता र सेवामूलक भावनाको खुलेर प्रशंसा गरेका छन्।