सन्तोष कार्की स्मृति प्रतिष्ठानको आयोजनामा नगर स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न

sindhutimes.com
कागेश्वरी नगरपालिका वडा न ९ स्थित भीमेश्वर एकेडेमीमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सन्तोष कार्की स्मृति प्रतिष्ठान द्वारा आयोजित कार्यक्रममा १७विद्यालयले सहभागिता जनाएकोमा कृपा घले "वेस्ट ग्रुप भिजन स्कुल" प्रथम भएकी छन् । स्वर्गीय सन्तोष कार्कीको १६औ स्मृति दिवसमा आयोजना गरिएको कार्यक्रममा द्वितीय युनिशा अधिकारी (भीमेश्वर एकेडेमी), तृतीय सुयोग यादव (गान्धी आदर्श मावि) तथा सञ्चिता कार्की (गोल्डेन वर्ड स्कुल) ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

प्रतिष्ठानको तर्फबाट पुरस्कृतलाई क्रमशः ८०००, ५०००,३००० तथा २००० नगद सङै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतिष्ठानले हरेक वर्ष स्वर्गीय कार्कीको स्मृति दिवसमा शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया